भारतले नेपाली भूमिबाट चीनको मानसरोबार जाने बाटो निर्माण गरी उद्घाटन गर्नुं आपत्तिजनक- विदेश विभाग प्रमुख नेता नेपाल

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

काठमाडौं २८ बैशाख
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विदेश विभाग प्रमुख माधव कुमार नेपालले भारतले नेपाली भूमिबाट चीनको मानसरोबार जाने बाटो निर्माण गरी उद्घाटन गर्नुं अत्यन्त दुः खद् र आपत्तिजनक भएको बताउनु भएको छ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका विदेश विभाग प्रमुख नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबाट यसअघि दुई मुलुककाबीच भएका सम्झौता र सहमतीको गम्भीर उल्लंघन हुनाको साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी भारत सरकारको उक्त कदमको तिव्र विरोध गर्दै नेपाली भूमिभित्र कुनै पनि संरचना निर्माण र प्रयोग नगर्न आग्रह गर्दछ ।’

२०७७ बैशाख २८, आईतबार  मा प्रकाशित

Write your Comment