मापदण्डविपरीत उद्योग सञ्चालन गरे त्यसको क्षतिको जिम्मेवार सम्बन्धीत पक्ष हुने सरोकार समितिको ठहर

२०७७ बैशाख ३०, मंगलबार प्रकाशित

बारा ३० बैशाख
जितपुरसिमरा उपमहानगरपालिका भित्र रहेका उधोगहरु स्थानियवासीको निरन्तर बिरोधका बाबजुद पनि सरकारले तोकेको मापदण्ड बिपरित गएर सञ्चालन गरेपछि जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले आफ्नो ध्यान गम्भीररुपमा आकृष्ट भएको जनाएको छ । सरकारले सञ्चालन गर्ने उद्योगलाई मजदुर तथा कर्मचारीहरुका लागि कार्यक्षेत्र भित्रै खाने बस्ने व्यवस्था, सेनिटाइज सहित उद्योग सञ्चालन गर्नेगरी अनुमति दिने निर्णय गरेको थियो तर सो मापदण्डलाई उल्लंघन गर्दै सुर्य नेपाल, हुलास स्टिल,जगदम्बा स्टील,राजेस मेटल,डावर नेपाल,अशोक स्टीलले उद्योग सञ्चालन गर्न लागेपछि सरोकार समीतीको गम्भीर ध्यान आकृष्ट भएको संयोजक मनोज पौडेलले जानकारी दिनुभयो । आज बसेको सरोकार समितिको बैठकले प्रदेश नम्बर २ सङ्क्रमणको हिसाबले अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेकोले यस्तो अवस्थामा मापदण्ड भन्दा बाहिर गएर उद्योग सञ्चालन नगर्न उद्योगी व्यवसायी संग आग्रह गर्नुका साथै मापदण्डविपरीत सञ्चालन हुने उद्योगलाई बन्द गर्न स्थानीय प्रशासन र स्थानीय सरकारसँग समेत माग गरेको र त्यसमा अटेरी गरेमा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी दिनुका साथै मापदण्ड विपरीत सञ्चालनहुने उधोगबाट यस क्षेत्रमा कुनै किसिमको क्षति हुन पुगेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित निकाय हुने सरोकार समितिले ठहर गरेको संयोजक पौडेलले जानकारी दिनुभयो ।
बैठकले भारतीय पक्षद्वारा नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेक, लिम्पियाधुरा हुदै मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गरेको प्रति भत्सना गर्दै तत्काल नेपाली भूमी खालि गर्न भारतीय पक्ष संग आग्रह गर्दै नेपाल सरकारलाई कूटनीतिक रुपमा समस्या समाधान गर्न आह्वान गरेको छ । सरोकार समितिका संयोजक मनोज पौडेल अध्यक्षतामा सम्पन्न बैठकमा छबिलाल शर्मा,कर्ण थापा, नारायण घिमिरे,राजु राज गिरी, रमेस सापकोटा,पेसल मुल्मी, बिदुर खडका लगायतको सहभागिता रहेको थियो ।

Write your Comment