थप २५ जनामा कोरोना देखियो/नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो-स्वास्थ्य मन्त्रालय

२०७७ जेष्ठ ७, बुधबार प्रकाशित

काठमाडौं

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

Write your Comment