एकै पटक३०जनामा कोरोना संकमण पुष्टि/सर्लाहीमा १५ जना संक्रमित/ नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो ।

९ जेष्ठ २०७७, शुक्रबार १०:२२ प्रकाशित

काठमाडौं ९जेठ
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पुगेको छ । केहीबेर अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी ३० जनामा सङ्क्रमण पुष्टि भएको हो । प्राप्त वितरण अनुसार संक्रमण देखिने सर्लाही जिल्लाको गोडैला नगरपालिका र रामनगर बहुअर्वाका १४ जना पुरुष र१ जना महिला रहेका छन । त्यसैगरी कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका र मायादेवी गाउँ पालिकाका ८ जना पुरुष र १ जना ८ बर्षिया बालिका रहेका छन । त्यसैगरी नवलपरासी सुस्ता पुर्व बिनय त्रिवेणी गाउँ पालिकाका१ जना पुरुषमा र नवलपरासी रामग्राम नगरपालिका र सुस्ता गाउँ पालिकाका २ जना पुरुष र १ जना महिलामा र भरतपुर महानगरपालिका केसरबाघका १ जना पुरुष र १ जना महिलामा संकमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।

९ जेष्ठ २०७७, शुक्रबार १०:२२  मा प्रकाशित

Write your Comment