राजस्व छलेका वडा अध्यक्ष चौरसियाको पद निलम्बन

९ जेष्ठ २०७७, शुक्रबार १८:१२ प्रकाशित

काठमाडौं ९ जेष्ठ :

बिरगंज महानगरपालिका वडा न. १६ का वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसिया निलम्बित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष चौरसियासहित ३ जना विरुद्ध राजस्व छली सम्बन्धी अभियोगपत्र विशेष अदालत काठमाडौँमा दर्ता गरेकोले उनी निलम्बित भएका छन् ।
वडाध्यक्ष चौरसियासहित जग्गा बिक्रीकर्ता जहराती मिया धुनिया र खरिदकर्ता ग्यान्ती देवीविरुद्ध राजस्व छली सम्बन्धी आरोप पत्र शुक्रबार विशेष अदालतमा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो ।
वडाअध्यक्ष चौरसियाले धुनियाको जग्गामा गलत घरबाटो सिफारिस गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा वडा नम्बर १६ साबिक इनर्वाभाठा (वी) वडा नम्बर ५ को जग्गाधनी धुनियाको जग्गामा २८ फीटको पीच बाटो देखिएको र मालपोत कार्यालय, पर्साको आर्थिक वर्ष २०७४/०७५ को जग्गाको न्यूनतम मूल्याङ्कन पुस्तिका बमोजिम उक्त जग्गाको न्यूनतम मूल्याङ्कन प्रतिकठ्ठा ६० लाख देखिएको भएपनि धुनियाँले ग्यान्ती देवीलाई ११ धुर जग्गा बिक्री गर्दा ३३ लाख न्युनतम मुल्यांकन हुनुपर्नेमा २५ लाख ३० हजार मात्रै थैली रकम राखेका थिए ।

सार्वजनिक पद धारण गरेको व्यति वा राष्ट्रसेवक कर्मचारी
विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्धा दायर गरे पछि स्वत पद निलम्बन हुने प्रावधान रहेको छ ।

९ जेष्ठ २०७७, शुक्रबार १८:१२  मा प्रकाशित

Write your Comment