बारा १०जेठ
बारामा एक जना संक्रमित पत्रकारकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका निवासी ३८ वर्षीय पत्रकारकी ३७ वर्षीया श्रीमतीमा पनि कोरोना संक्रमणको पुष्टि भएको हो ।शनिबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा करैयामाई गाउँपालिकाकी ३७ वर्षीया एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको उल्लेख छ ।कोरोनाको संक्रमण पुष्टि भएकी ती महिला यसअघि संक्रमित पत्रकारकी श्रीमती रहेको करैयामाई गाउँपालिकाका जन स्वाथ्य अधिकृत रामनाथ चौधरीले जानकारी दिए ।
‘गाउँपालिकामा थप एकजना महिला संक्रमित भेटिएकी छिन्,चौधरीले भने, ‘उनी यसअघि संक्रमित पाइएका पत्रकारकी श्रीमती हुन् ।’ संक्रमित महिलाको स्वाब ५ दिन पहिले संकलन गरिएको चौधरीको भनाई छ ।यो सँगै बारामा संक्रमितहरुको सँख्या १२ पुगेको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)