मृत्यु भएका बृद्धमा कोरोना पुष्टि । रिपोर्ट न आउदै शवको गरीयो अन्तयष्टी ।

१२ जेष्ठ २०७७, सोमबार १२:५९ प्रकाशित

बारा १२ जेठ :
बाराको करैया गाउँपालिका वडा नं.७ बस्ने एक जना ७२ वर्षिय बृद्धको जेठ ४ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा निधनपछि अन्त्यष्ठि गरिएको छ ।जेठ २ गते दिउँसो १ बजे अस्पताल भर्ना भएका चौधरी थरका ती बृद्धको जेठ ४ गते राती निधन भएसँगै अस्पतालले परिवारलाई शव बुझाएको हो । शव पाएसँगै परिवारले परम्परा अनुसार अन्त्येष्टी गरेको थियो ।
उपचारका क्रममा ती बृद्धको स्वाब संकलन गरि परिक्षणका लागि वीरगन्जको नारायणी अस्पताल पठाईएको मा आज सोमबार अर्थात ८ दिनपछि रिपोर्ट पोजेटिभ आएको हो ।
जेठ २ गते १ बजे उपचारमा ल्याउने बित्तीकै भेन्टिलेटरमा राखेर ती बृद्धको उपचार शुरु गरिएको थियो ।
अस्पतालका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीकी छोरीले ती बृद्धलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेकी थिईन् उनी सो अस्पतालकी चिकित्सक समेत हुन। क्षयरोग र दमसमेत रहेका उनलाई पछिल्लो समय निमोनिया पनि थियो ।
आईसीयूको भेन्टीलेटरमा राखेर उपचार शुरु गर्नुअघि उनको स्वाब समेत संकलन गरेर टेस्टका लागि नारायणी अस्पतालमा पठाईएको थियो । तर, स्वाबको रिपोर्ट आउनुअघि नैं ४ गते करिब साँढे १२ बजे बृद्धको मृत्यु थियो र उनको परिवारले अन्त्यष्टि पनि गरेका थिए ।
अब अस्पतालले स्वाबको रिपोर्ट आउने बेला सम्म शब अस्पतालमा राख्न आवश्यक ठानेन् । न त यसको जानकारी प्रशासनलाई नैं दियो । स्वाबको रिपोर्ट आउनु अघी नैं अस्पताल प्रसासनले परिवारलाई शव जिम्मा लगाएको थियो ।
स्वाब संकलन गरेर दुई गते नैं पठाए पनि नारायणी अस्पतालबाट रिपोर्ट नेशनल अस्पताललाई पठाउन ढिला भयो । तर , रिपोर्ट शंकास्पद देखिएको मौखिक जानकारी ६ गतेपछि गराईएको थियो । त्यहि मौखिक जानकारी दिनुअघि नैं मृतकको दाहसंस्कार भईसकेको थियो।
दुई गते नैं पठाईएको स्वाबको ढिलो गरि ६ गतेपछि मात्र टेस्ट भयो। टेस्टका क्रममा शंकास्पद देखिएपछि नारायणी अस्पतालले टेकुस्थित प्रयोगशालामा पठाएको थियो ।
यता उपचारमा संलग्न रहेकी अन्सारीको डाक्टर छोरी अहिले अस्पताल मैं सेल्फ आईसोलेशनमा छिन् ।
मृतकको अन्त्यष्टिमा संलग्न मलामीहरू, उनका आफन्तहरू र नेशनल मेडिकल कलेजका चिकित्सकहरू पनि अहिले शंकाको घेरामा परेका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या चार पुगेको छ ।

१२ जेष्ठ २०७७, सोमबार १२:५९  मा प्रकाशित

Write your Comment