झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि ।

१४ जेष्ठ २०७७, बुधबार १४:१३ प्रकाशित

विराटनगर १४ जेठ :
झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा बुधबार दिउँसो गरीएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिनुभयो ।
संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । तीमध्ये २ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ ।संक्रमितमध्ये २६ जना यसअघि डिस्चार्ज भइसकेका छन् । बुधबार ४ जना डिस्चार्ज गरीने भएकोछ ।

१४ जेष्ठ २०७७, बुधबार १४:१३  मा प्रकाशित

Write your Comment