थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

२०७७ जेष्ठ १७, शनिबार प्रकाशित

काठमाडौं 
नेपालमा थप १८९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा सो जानकारी दिनुभएको हो ।

Write your Comment