कोल्हवी नगरपालिकाले क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर परीक्षण गर्न भिटिएम खरीद गर्ने

२३ जेष्ठ २०७७, शुक्रबार १५:५५ प्रकाशित

कोल्हवी नगरपालिकाले क्वारेन्टाइनमा रहेका बिरामी,खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरूको PCR गर्नका लागि ४५० थान भिटिएम खरिद गर्ने भएको छ । कोल्हवी नगरपालिका विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको नगरप्रमुख भरत भण्डारीले जानकारी दिनुभयो । त्यसका साथै कोरोना भाइरस महामारीका कारण बन्द रहेका वित्तीय संस्था,बजार तथा पसलहरुलाई सामाजिक दुरी कायम गरी व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि विभिन्न निर्णयसमेत गरेको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

२३ जेष्ठ २०७७, शुक्रबार १५:५५  मा प्रकाशित

Write your Comment