कोरोनाका कारण निजगढका ५ वर्षीय बालकको मृत्यु/बारामा कोरोनाबाट मर्नेको संख्या २ पुग्यो ।

३१ जेष्ठ २०७७, शनिबार १०:४१ प्रकाशित

बारा ३१ जेठ :
निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।
निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् ।
चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व रयापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको थियो र आरडीटी रिपोर्ट पोजेटिभ आए पछी स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि पठाइएको थियोे र पीसीआर रिपोर्ट पनी पोजेटिभ आएको छ ।

यो सँगै बारामा कोरोना भाइरसबाट मर्नेको संख्या दुई पुगेको छ । यस अघि बाराको करैयामाइ गाउँपालिकाको उमजनका ७० बर्षिय बृद्धको मृत्यु भएको थियो ।

३१ जेष्ठ २०७७, शनिबार १०:४१  मा प्रकाशित

Write your Comment