जनताले बिश्वास गरेर नै नेकपालाई जिताएको प्रदेस सभा सदस्य बिकको दाबि

३१ जेष्ठ २०७७, शनिबार १६:२४ प्रकाशित

बारा ३१ जेठ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनी चुनाभटटा सडक ढलान कार्यकाे एक कार्यक्रमका बीच प्रदेश सभाका सदस्य सुन्दर बि कले शुभारम्भ गर्नुभएको छ । कार्यक्रममा बोल्दै विकले अरू पार्टीले विकास गर्न नसक्ने उल्लेख गर्दै विकास निर्माणका काममा नेकपा अग्रपंक्तिमा रहेको दाबी गर्नुभयो । उहाँले जनताले विश्वास गरेर नै नेकपालाई विजयी बनाएको हुनाले जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सुभारम्भ कार्यक्रममा प्रदेश सभा सदस्य सिता गुरुङ,नेकपाका नेताहरु मनोज पौडेल,राजन पौडेल,कृष्ण खनाल,वडा नम्बर ३ का अध्यक्ष जगन्नाथ घिमिरे लगायतको उपस्थिति रहेको थियो । प्रदेश सभा सदस्य बिकको पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत करिब २० लाख बिनियाेजित बजेटबाट उक्त सडक निर्माण हुन लागेको हो । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बलराम सुबेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।

३१ जेष्ठ २०७७, शनिबार १६:२४  मा प्रकाशित

Write your Comment