बारा १ आषाढ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरा स्थित दुर्गानगर टाेलकाे सडक ढलान कार्यकाे आज एक कार्यक्रमका बीच प्रदेश सभाका सदस्य सुन्दर बि कले शुभारम्भ गर्नुभएको छ । प्रदेश सरकार बाट जितपुरसिमरा उपमहानगरपालिकामा पूर्वाधार निर्माणका लागि स सर्त कार्यक्रम अन्तर्गत प्राप्त १ करोड बिनियाेजित बजेटबाट उक्त सडक निर्माण हुन लागेको हो । सो कार्यक्रममा संविधानसभाका सदस्य जयराम दाहाल, प्रदेश सभा सदस्य सीता गुरुङ, जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल,उपप्रमुख सरस्वती देवी चौधरी, नेकपाका केन्द्रीय सदस्य दिनेश राई,नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,नेकपाका नेताहरू देवनारायण चौधरी,राजन पौडेल, मनोज पौडेल,प्रेम बराल,धर्म बहादुर श्रेष्ठ,जितपुर सिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य शुभद्रा न्यौपाने,सुमित्रा कार्की,वडा सदस्य रामदास ध्वजु, भिमेश्वर बनका बनका अध्यक्ष पेसल मुल्मी,तराई यातायात व्यवसायी सङ्घ सिमराका अध्यक्ष शंकर कुमार विष्ट,कोषाध्यक्ष नारायणप्रसाद घिमिरे,खानेपानी सिमराका सचिव रमेश पौडेल,महिला अगुवा सिता केसी, युवा अगुवाहरु हिरा बस्नेत,आरीफ हुसैन, इश्वर थपलियागायतको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको सभापतित्वमा र रबिन्द्र खकुरेलको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।