कोभिड-१९ का कारण भारतमा एकै दिन २ हजार भन्दा बढी मानिसको मृत्यु

३ असार २०७७, बुधबार १४:१८ प्रकाशित

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो चोटि एकै दिन २,००० जनाभन्दा बढीको मृत्यु भएको छ।

गएको २४ घण्टामा भारतमा २,००३ जनाको मृत्यु भएको हो।
भारतमा सङ्क्रमितको कुल सङ्ख्या ३,५४,००० नाघेको छ।
तीमध्ये ११,९०३ जनाको मृत्यु भएको र झन्डै १८७,००० जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ।
भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने क्रममा छ। अमेरिका, ब्रजिल, र रुसपछि भारतमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण देखिएको छ।

३ असार २०७७, बुधबार १४:१८  मा प्रकाशित

Write your Comment