मञ्चले गरेको रक्तदान कार्यक्रम सराहनिय-पुर्वमन्त्री पौडेल

३ असार २०७७, बुधबार १८:४८ प्रकाशित

बारा ३ आषाढ :
उपभोक्ता हित संरक्षण मञ्च कलैया उपमहानगर समितिको आयोजनामा कलैयामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा नेकपाका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले रक्तदान कार्यक्रमको आयोजना गर्नु मानव जीवनको लागि महत्वपूर्ण कार्य भएको र अहिले कोरोना महामारीका कारण रगतको अभाव भैरहेको बेलामा कार्यक्रमको आयोजना गरेर सराहनीय काम गरेको भन्दै आयोजक प्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरुलाई कसैले पनि विवादमा तान्न हुने र मानव जीवनसँग जोडिएको हुनाले सबैको सहयोग र सद्भाव हुनुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य दिनेश राईले मञ्चले गरेको कार्यक्रमले नयाँ उदाहरण स्थापित गरेको उल्लेख गर्दै रक्तदानले नै मानव जीवनको रक्षा हुने उल्लेख गर्नुभयो । मञ्चका अध्यक्ष नरेश मोदकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य छठु प्रसाद यादव,नेकपा जिल्ला कमिटी सदस्य बिक्रम ठाकुर,कौसल सिह ,दसरथ राम,धुर्ब यादव,युवा सङ्घका केन्द्रीय सदस्य देवशरण साह लगायत ६० जनाले रक्तदान गरेका थिए । कार्यक्रमको संचालन शर्मा बैठा र स्वागत अरुण खनालले गर्नुभएको थियो । रगत अभावका कारणले आकस्मिक रुपमा कार्यक्रमको आयोजना गर्नु परेको अध्यक्ष मोदकको भनाइ छ ।

३ असार २०७७, बुधबार १८:४८  मा प्रकाशित

Write your Comment