सिमरामारहेको जगदम्बा स्टिलले अत्यधिक प्रदुषण फालेपछि स्थानीय आक्रोशित

६ असार २०७७, शनिबार २१:३० प्रकाशित

बाराको सिमारामा रहेको जगदम्बा स्टिलले हरेक राति ८ बजेपछि अत्यधिक प्रदुषण फाल्न थालेपछि स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गर्दै चर्को विरोध गरेका छन् । उद्योगको प्रदूषण नियन्त्रणका लागि स्थानीय सरकार र वातावरण मन्त्रालय लाग्नुपर्नेमा त्यस तर्फ कुनै ध्यान नदिएको उनीहरूको भनाइ छ । जगदम्बा स्टिलले कवाड गलाएर छड निकाल्दा सिमरामा चर्को प्रदूषण हुने गरेको छ । यसको विरुद्धमा स्थानीयहरु जुर्मुराएर लाग्ने देखिएको छ ।
जगदम्बा स्टील स्वास्थ्य संकटको बेलामा थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा पक्राउ परेका रोहित अग्रवाल ले संचालन गरेको उद्योग हो ।

६ असार २०७७, शनिबार २१:३०  मा प्रकाशित

Write your Comment