प्रदेश सभा सदस्य सीता गुरुङले बाराको सिमरामा रहेको अस्थायी कोरोना अस्पतालमा स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । उहाँले उपलब्ध गराएको स्वास्थ्य सामग्री आज एक कार्यक्रमकाबीच क्वारेन्टाइनका अध्यक्ष तथा जितपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख कृष्ण पौडेललाई हस्तान्तरण गरिएको छ। सो कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गुरुङले आफ्नो तर्फबाट दुईथान थर्मलगन,पिपिइ, माक्स,सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरू क्वारेन्टाइनलाइ हस्तान्तरण गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । स्वास्थ्य सामग्री ग्रहण गर्दै नगरप्रमुख पौडेलले प्रदेश सभा सदस्य लाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो कार्यक्रममा प्रदेशसभाका सदस्य सुन्दर विश्वकर्मा, नेकपा केन्द्रीय सदस्य दिनेश राई,जितपुर सिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती देवी चौधरी,नेकपाका नेता मनोज पौडेल कार्यपालिका सदस्य शोभा कार्की नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाका प्रमुख,महिला अगुवा सिता केसी, विकास साह लगायतको उपस्थिति रहेको थियो । यसैगरी प्रदेशसभा सदस्य गुरुङले निजगढ नगरपालिकाको क्वारेन्टाइन,कोल्हवी नगरपालिकाको क्वारेन्टाइन र कलैया क्वारेन्टाइनमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।