सार्वजनिक सरोकार समितिद्वारा निजि तथा सामुदायीक बिध्यालय लाइ शुल्क नलिन आग्रह

९ असार २०७७, मंगलवार १३:४५ प्रकाशित

बारा ९ आषाढ :
बाराका निजी विद्यालयहरुलाई शिक्षण संस्था संचालन नभएको अवधिको शुल्क नलिन र सामुदायिक बिध्यालयहरुलाई विभिन्न वहानामा रकम नलिन जितपुरसिमरा सार्वजनिक सरोकार समितिले आग्रह गरेको छ । सार्वजनिक समितिले आज एक विज्ञप्ति प्रकाशित गर्दै सरकारले जारी गरेको निर्देशन विपरीत निजी विद्यालयहरुले विद्यार्थीहरुलाई भर्नाका लागि आह्वान गरेको भन्दै सोमबार सरकारले जारी गरेको निर्देशनलाई अक्षरशः पालन गर्न निजी विद्यालयहरुलाई आग्रह गरेको हो । सरोकार समितिका संयोजक मनोज पौडेलले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो । यसका साथै सरोकार समीतीले सामुदायिक विद्यालयहरूले सहयोग तथा अंग्रेजी माध्यम लगायत विभिन्न बाहनामा विद्यार्थी भर्नाका क्रममा रकम लिएको पाइएकोले त्यस्तो नगर्न सामुदायिक विद्यालयहरुलाई समेत आग्रह गरेको छ ।कोरोना भाइरसको महामारी र लकडाउनले अभिभावको आर्थिक अवस्था थिलोथिलो पारेको अवस्थामा सरकारले विद्यालयहरुलाई कुनै पनि किसिमको शुल्क नलिन दिएको निर्देशन बिपरीत जबरदस्ती शुल्क लिए प्रतिबादमा उत्रने सरोकार समितिका संयोजक पौडेलले चेतावनी दिनुभयो ।
यसैबीच बाराको सिमरामा रहेको श्री नेरा माबीको व्यवस्थापन समिति र सार्वजनिक सरोकार समितिका बिचमा छलफल भएको छ । सो अवसरमा विद्यार्थीहरुसँग कुनै पनि किसिमको रकम नलिन सरोकार समितिले आग्रह गरेको छ । सो छलफलमा जितपुर सिमरा सार्वजनिक सरोकार समितिकाका संयोजक मनोज पौडेल सदस्यहरु छविलाल शर्मा,बिदुर खडका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गौतम सदस्यहरु दिपक शर्मा, गंगा बस्नेत,लेखा प्रमुख उद्धव अधिकारी लगायतको सहभागिता रहेको थियो ।
सोमबार मात्रै शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता दिपक शर्माले विज्ञप्ति जारी गरेर शुल्क नलिन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई सचेत गराउनु भएको थियो । आइतबार निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेका थिए ।

९ असार २०७७, मंगलवार १३:४५  मा प्रकाशित

Write your Comment