बाराको करैयामाई गाउँपालिकाको छैठौं गाउँसभा आज सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महत्तोले गर्नुभएको थियो । गाउँ सभामा उपाध्यक्ष चित्ररेखा चौधरी,गाउँपालिकाका सबै वडाका अध्यक्ष,कार्यपालिका सदस्य र वडा सदस्यहरूको सहभागिता रहेको थियो । सभाले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । सभामा गाउँपालिकाको नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष ०७७/०७८ को लागि अनुमानित ४४ करोडको आय व्यय उपाध्यक्ष चित्ररेखा चौधरीले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरीएका दुईवटै प्रस्ताव सभाले पारित गरेको प्रशासन शाखा प्रमुख घनश्याम चौधरीले जानकारी दिनुभयो ।