न्युरोड सडक निर्माणको काम सुरु

१४ असार २०७७, आईतवार २०:०३ प्रकाशित

बारा १४ आषाढ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित राबा बैक देखि पुर्व जाने न्यु रोड निर्माणको कार्यकाे आज एक कार्यक्रमका बीच सुभारम्भ गरीएको छ । जितपुर सिमरा उपमहानगरपालिका को १० लाख र वडा नम्बर २ को कार्यालयको १५ लाख गरी रु २५ लाख बजेट बाट सडक तथा नाला निर्माणको काम सुरु गरीएको हो । सो कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य दिनेश राइले बिकास निर्माणका लागि आफुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । त्यसैगरी नेकपाका नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले जितपुर सिमरालाई स्वास्थ्य, शिक्षा र पर्यटनको हब बनाउन सबैलाग्नु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा बोल्दै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २का अध्यक्ष तिलक बहादुर श्रेष्ठले सबै मिले बिकासको काम असम्भव नभएको स्पष्ट पार्दै अर्को बर्ष सम्म यस वडामा सडक निर्माणको सबै काम सम्पन्न गर्ने दाबि गर्नू भयो । कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति श्याम बाबु गुप्ता,वडा सदस्य धन बहादुर श्रेष्ठ, पुर्व वडा अध्यक्ष श्याम कृष्ण श्रेष्ठ, किशोर त्रिपाठी, उपनगरपालिकाका इन्जिनियरहरु संजिब रुपाखेती,बबिता यादव,युवा समाजसेबिहरु हिरा बस्नेत,आरिफ हुसैन,राज दास, इश्वर थपलियालगायतको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको सभापतित्वमा होटल तथा पर्यटन ब्यवसायी मोहन शर्माको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

१४ असार २०७७, आईतवार २०:०३  मा प्रकाशित

Write your Comment