बारा १५ आषाढ :
प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय सिमरामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि हात धुन सहज हुनेगरी ५०० लीटरको ट्याकी, सेनिटाइजर,मास्क,ग्लोब र ह्याण्ड वास उपलब्ध गराउनुभएको छ । उहाँले उपलब्ध गराउनुभएको सामग्री आज छुट्टाछुट्टै कार्यक्रमका बीच इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकाल र ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख दीपक श्रेष्ठलाइ प्रदेश सभा सदस्य विश्वकर्माले हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा बोल्दै विश्वकर्माले यस्तो असहज परिस्थितिमा आफ्नो तर्फबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री हस्तान्तरण गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । सामग्री ग्रहण गर्दै इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकालले अहिलेको अवस्थामा महत्वपूर्ण सामानहरू हस्तान्तरण गरिएकोमा आफ्नो तर्फबाट प्रकारले को तर्फबाट धन्यवाद ब्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा प्रदेश सभा सदस्य सीता गुरुङ, नेकपाका केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य गीता कडेल,नेकपाका नेता तथा जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, नेकपाका नेता हरु प्रेम बराल, कृष्ण खनाल, मिनप्रसाद आपागाइ, जितपुर सिमरा वडा नं २ का सदस्य धनबहादुर श्रेष्ठ,राजमोका नेता कर्ण थापा,युवानेता हिरा बस्नेत, संजय पटेल लगायतको उपस्थिति रहेको थियो ।