घरेलु कार्यालय बाराका सहयोगी चौधरी १० हजार घुस सहित पक्राउ

२०७७ अषाढ १७, बुधबार प्रकाशित

बारा १७ आषाढ :
१० हजार घुस सहित घरेलु तथा साना उधोग कार्यालय बारामा कार्यरत कार्यालय सहयोगी पक्राँउ परेका छन् ।
अख्तियारको क्षेत्रिय कार्यालय हेटौडाबाट खटी आएको टोलीले उधोग दर्ता गर्नका लागि सहजीकरण गरिदिन्छु भन्दै सेवाग्राही संग रु १० हजार घुस लिदैगर्दा कार्यालयका सहयोगी खेमराज चौधरीले लिदै गर्दा पक्राँउ गरेको अख्तियार कार्यालय हेटौडाका प्रहरी निरिक्षक रबिन मैनालीले जानकारी दिनुभयो । पक्राँउ परेका चौधरीलाई हैटौडा लाने तयारी भईरहेको प्रहरी निरिक्षक मैनालीको भनाइ छ ।

Write your Comment