आइतबार थपिए कोरोनाका ८२ संक्रमित

२०७७ अषाढ २८, आईतबार प्रकाशित

आइतबार थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर ८२ जनामा कोरोना संक्रमण देखिएको हो।

यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ। यीमध्ये काठमाडौं जिल्लामा ३ जना थपिएको उनले जानकारी दिए।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४७ निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ।

हालसम्म मृतक ३८ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण भएको छ।

Write your Comment