साना किसानको पांच औं स्थापना दिवस सिमरामा सम्पन्न

३१ असार २०७७, बुधबार १५:०८ प्रकाशित

बारा ३१ आषाढ :
साना किसान कृषि सहकारी संस्था लि सिमराको पांचौ स्थापना दिवस आज एक समारोहका विच सिमरामा मनाइएको छ । कार्यक्रममा बोल्दै जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले सरकारको तीन खम्बे अर्थ नितीलाई सफल बनाउनका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। उहाँले महिलाहरुले सञ्चालन गरेको यो सहकारीले अत्यन्त राम्रो काम गरेकोमा धन्यवाद दिनुभएको थियो । उहाँले सहकारीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न समेत आग्रह गर्नुभयो, जुन उद्देश्यका लागि ऋण स्वीकृत गरेको हो सोही काममा लगाउँदा सफलता हासिल हुने पौडेलको तर्क थियो । संस्थाकी अध्यक्ष कमलाकुमारी रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाकी नेतृ शिला खनाल, सरीता राइ,नेपाली कांग्रेसकी नेतृ नारायणी रायमाझी,सहकारी बिद् कुलोतम पोखरेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । पाँच वर्षअगाडि दर्ता गरिएको सहकारीले गत पुस महिनाबाट आफ्नो कारोबार सुरु गरेको थियो । ६ महिनाको अवधीमा ६ सय शेयर सदस्य बनाएर १करोड ११लाखको कारोबार गरेको छ । कार्यक्रममा मिरा पुरीको सहजीकरण पुनम शर्माको स्वागत र मन्जु बानियाँले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

३१ असार २०७७, बुधबार १५:०८  मा प्रकाशित

Write your Comment