बारा १ श्रावण
बाराको सिमरामा रहेको सुर्य नेपाल अन्तर्गत समग्र उद्योग ट्रेड युनियन नेपालको नयाँ कार्यसमितिको घोषणा तथा सफथ ग्रहण आज सिमरामा सम्पन्न भएको छ । बिदुर घिमिरेको अध्यक्षमा ११ सदस्सीय नयाँ कार्यसमिति आज घोषणा गरिएको हो । जसको सदस्यहरुमा अमरनाथ गिरी,दिनेश खतिवडा,दिलीप दाहाल,ऋषी गौतम,प्रकास भट्ट,सुभास सापकोटा,सिंहासन प्रसाद,दिपक चौहान,प्रमोद घिमिरे र स्वागत कुवर रहनुभएको छ । नवनिर्वाचित कमिटीलाई जिफन्टका केन्द्रीय उपमहासचिव दिनेश राईले शपथ ग्रहण गराउनुभएको थियो । दिनेश खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिफन्ट प्रदेश कमिटीका संयोजक कमलेश झा, नेकपाका नेता मनोज पौडेल, समग्रका जिल्ला अध्यक्ष मुक्ति चौधरी र महेश चौधरी लगायतको उपस्थिति रहेको थियो । सूर्य नेपालको आधिकारिक ट्रेड युनियनको समयाअवधि असार १९ गते देखि समाप्त भएपछि नयाँ निर्वाचन हुने भएको छ । त्यसैको तयारीका लागि मजदुर संगठनहरुले आफ्ना कार्यक्रमलाई अगाडि बढाएका छन् ।