जनहितको आयोजनामा बाराको सिमरामा वृक्षारोपण कार्यक्रम सम्पन्न

३ श्रावण २०७७, शनिबार १५:०६ प्रकाशित

बारा ३ श्रावण :
जनहित उपभोक्ता समितिको आयोजनामा आज बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत रहेको गढीमाई बनबाटिकामा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती देवी चौधरी,नेकपा केन्द्रीय सदस्य दिनेश राइ,जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,नेकपाकी महिला नेतृ गिता कंडेल,नेकपाका नेताहरु देवनारायण चौधरी,मनोजको पौडेल,वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर श्रेष्ठ, कार्यपालिका सदस्य सुमित्रा कार्की, वडा सदस्य रामचन्द्र अधिकारी महिला नेतृ शिला खनाल, राधाकृष्ण बनका अध्यक्ष सत्य श्रेष्ठ, रबिन्द्र खकुरेल,संचारकर्मी अनिल तिवारी र सारदा पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको सभापतित्वमा,पेसल मुल्मीको सञ्चालन र अनिता लम्सालको सहजीकरणमा सम्पन्न भएको थियो । सो अवसरमा पाँच सय बिभिन्न जातका बिरुवा रोपिएको थियो ।

३ श्रावण २०७७, शनिबार १५:०६  मा प्रकाशित

Write your Comment