योजनामा कम मूल्याङ्कन गरेर ८० हजार घुस लिने सब-ईन्जिनियर जैसवाल पक्राउ

४ श्रावण २०७७, आईतवार २२:०८ प्रकाशित

बारा ४ श्रावण :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवइन्जिनियर सहित दुई जनालाई घुससहित पक्राउ गरेको छ।
बाराको कलैयामा रहेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका सव इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल र चन्दन जैसवाललाई ८० हजार घुससहित पक्राउ गरेको हो।गजेन्द्रले ८० हजार घुस लिएर चन्दनलाई दिइ भाग्न खोज्दा दुबै जना कलैया नगरपालिकामा रहेको घरबाट पक्राउ परेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो।
कलैया उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको पसाहा खोला नियन्त्रणका लागि जाली बोल्डर गर्न २० लाखको ठेक्कामा सव इन्जिनियर जैसवालले सर्वप्रथम ठेकदारसँग सेयर मागेका थिए,सो प्रस्तावलाई ठेकदारले अस्विकार गरेपछि ४ लाख रुपैयाँ घुस मागेको र ठेकेदारले दिन नसक्ने जवाफ फर्काएपछि सो २० लाखको योजनाको ९ लाख ९५ हजार रुपैयाँ मूल्यांकन गरेको र त्यसमा पनि १ लाख रुपैयाँ घुस मागेर सेवाग्राहीलाई दुख दिएका थिए । अख्तियारले केहि दिन देखि सब-ईन्जिनियर जैयसवाल माथि निगरानी बढाएको थियो ।

४ श्रावण २०७७, आईतवार २२:०८  मा प्रकाशित

Write your Comment