जिफन्ट प्रदेश कमिटीद्वारा रक्तदान कार्यक्रमको आयोजना

५ श्रावण २०७७, सोमबार १६:५८ प्रकाशित

बारा ५ श्रावण :
जिफन्ट २ नम्बर प्रदेश कमिटीले आफ्नो ३१ औ स्थापना दिवसको अवसरमा बाराको सिमरामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । प्रदेश कमिटीका अध्यक्ष कमलेश झा को सभापतित्वमा सम्पन्न कार्यक्रममा जिफन्टका उपमह दिनेश कुमार राइले रगतको पोका हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो भने नेकपाका नेता मनोज पौडेलले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामी,पूर्वउपाध्यक्ष अमृतलाल श्रेष्ठ, कृष्ण खनाल, सन्चारकर्मी बिदुर खडका,सारदा पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपाकी नेतृ सरिता सुब्बा, जिफन्टका जिल्ला अध्यक्ष मुक्ति चौधरी, जिफन्टका नेताहरु प्रेम सिह, महेश चौधरी लगायत ४६ जनाले रगत दान गर्नुभएको थियो । नेपाल रक्त सञ्चार केन्द्र वीरगंजको टोलीले प्रबीधिक सहयोग गरेको थियो ।

५ श्रावण २०७७, सोमबार १६:५८  मा प्रकाशित

Write your Comment