थप १०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

७ श्रावण २०७७, बुधबार १६:३९ प्रकाशित

काठमाडौं
बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार
बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

७ श्रावण २०७७, बुधबार १६:३९  मा प्रकाशित

Write your Comment