१ सय ३३ जनामा कोरोना संक्रमण, १०७ जना डिस्चार्ज

९ श्रावण २०७७, शुक्रबार १६:३३ प्रकाशित

काठमाडौं ९ श्रावण :

शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जानकारी दिएको छ ।

त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ

९ श्रावण २०७७, शुक्रबार १६:३३  मा प्रकाशित

Write your Comment