४ जना कर्मचारीमा कोरोना भाइरस देखिएपछि जगदम्बा इन्टरप्राइजेज सिल/अन्य उद्योगको अनुगमन गरी मापदण्ड विपरित संचालित उद्योग बन्द गर्न माग

१३ श्रावण २०७७, मंगलवार १६:१२ प्रकाशित

बारा १३ श्रावण :
वीरगंज-पथलैयाको अन्तर्गत जीतपुर केराढोका नजिकै रहेको जगदम्बा इन्टरप्राइजेज प्रालिमा मंगलवार दिउँसो स्थानीय प्रशासनले सिल गरेको छ।
फलामजन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योग सञ्चालनको क्रममा त्यस उधोगमा कार्यरत कर्मचारी तथा मजदुरमा कोरोना संक्रमण पुष्टि भएको पाइए पछि जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले उक्त उद्योगको उत्पादन बन्द गराई उद्योगको मुल गेटमा ताला लगाएको छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा संकट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता ललितकुमार बस्नेतका अनुसार सोमवार राति थप ३ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको पाइएपछि स्वास्थ्य निकायको समन्वयमा उक्त उद्योग सिल गरिएको हो।
साउन ६ गते उद्योगका सिइओमा कोरोना भेटिएको थियो, सोमबार राती पनि २६, ४८ र ५६ वर्षका तीन जना मजदुर तथा कर्मचारीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि उद्योग सिल गरेका हौ । उद्योगमा भएका मजदुरहरुलाई उत्पादन बन्द गरी त्यसैमा आइसोलेसन र क्वारेन्टाइन बनाएर बस्न पनि निर्देशन दिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
उहाले प्रशासनको अर्को सूचना नआउन्जेल सम्म उद्योग नचलाउन पनि कडा निर्देशन दिएको बताउनुभयो । वीरगंजका उद्योगी अनिल रुंगटा सञ्चालक रहेको यस उद्योगले फलामको जिआई पाइप, टेबुलर पोल, जागशक्तिको टिएमटी छड, स्टील ट्रसलगायत समाग्री उत्पादन गर्दै आएको छ।
यस अघि जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले सामाजिक संजालमा ट्वीट गर्दै पथलैया वीरगन्ज क्षेत्र भित्र रहेका उद्योगहरुले मापदण्डविपरीत भारतबाट मजदुर ल्याएर उद्योग सञ्चालन गर्दा कोरोना भाइरसको जोखिम सिर्जना भएको उल्लेख गर्दै कोरोना पोजेटिभ देखिएको उद्योग सिल गर्न र बाँकी उद्योगहरूको अनुगमन गरेर मापदण्ड पुरा नगरी सन्चालनमा रहेका उधोगहरु बन्द गराउन सरकार तथा स्थानीय प्रशासन संग माग गर्नु भएको थियो ।

१३ श्रावण २०७७, मंगलवार १६:१२  मा प्रकाशित

Write your Comment