कालिकोटको पहिरोमा परी एकै घरका ६ सहित ९ जनाको मृत्युु

१४ श्रावण २०७७, बुधबार १५:०७ प्रकाशित

कालिकोट १४ श्रावण :
जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ४ र ७ मा पहिरोमा परी नौ जनाको मृत्युु भएको छ । निरन्तर परेको अविरल वर्षाले स्थानिय बाले बुढाको घरमाथिबाट आएको पहिरोले घर बगाएपछि एकै घरका ६ जना र सोहि गाउँपालिका-७ मा अर्को पहिरोमा परी ३ जनाको मृत्युु भएको छ भने तीन जना गम्भीर घाईते भएको प्रहरिले जनाएको छ ।
पहिरोमा परी मृत्युु हुनेमा गंगे बुढा, नौना बुढा, कुशा बुढा, चना बुढा ,विमला बुढा, चिरित्र बुढा, राम बुढा र वडा नं ४ निवासी, बाले बुढा र मना बुढा रहेको प्रहरीले जनाएको छ ।
यस्तै सदरमुकाम मान्मको नावगैरामा पनि पहिरो आउँदा स्थानिय गोपाल एैडिको घर बगाएको छ । पहिरोमा मानवीय क्षति भने भएन ।

१४ श्रावण २०७७, बुधबार १५:०७  मा प्रकाशित

Write your Comment