बारा प्रशासनद्वारा श्रावण १८ बिहान ५ बजे देखि लागुहुने गरी निषेधाज्ञा जारी

१६ श्रावण २०७७, शुक्रबार २१:१२ प्रकाशित

बारा १६ श्रावण :
कोरोना भाइरसको महामारी फैलन सक्ने सम्भावना देखेपछि जिल्ला प्रशासन कार्यालय बाराले मिति २०७७ श्रावण १८ गते बिहान ५ बजेदेखि लागू हुने गरी बारा जिल्ला भरी निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले स्थानीय सुरक्षा छैन २०२८को दफा ६(३) र संक्रमक रोग नियन्त्रण ऐन २०२० दफा २ अनुसार जारी गर्नुभएको हो । सो निषेधाज्ञा जारी गरिएको अवधिभर अतिआवश्यक वस्तु बाहेक सवारी साधन र हिडडुल गर्न नपाइने व्यवस्था गरिएको छ ।

यसअघि आजै जीतपुरसिमरा सार्वजनिक समितिले कोरोना भाइरस संक्रमण फैलिने सम्भावना भएकोले बारा जिल्ला भरी नै निशेधाज्ञा जारी गर्न आग्रह गरेको थियो । आज सरोकार समितिका संयोजक मनोज पौडेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो । बैठकले एक घर एक पिसिआर परीक्षण गर्न र सिमरा पथलैयामा कोभिडका बिरामिको उपचार हुने गरी सुविधासम्पन्न अस्पताल तत्काल सञ्चालन गर्न समेत माग गरेको थियो ।

१६ श्रावण २०७७, शुक्रबार २१:१२  मा प्रकाशित

Write your Comment