बिरगंजमा थप ४५ जनामा कोरोन संक्रमण पुष्टि/ म्याग्नस औषधी उधोगका मजदुर पनि संक्रमित

२०७७ श्रावण १८, आईतबार प्रकाशित

बिरगंज १८ श्रावण

बिरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीको परिवारका २ जना सदस्यमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङका क्रममा गरिएको परिक्षणमा उहाँ नजिक रहेका अन्य चारजनामा पनि संक्रमण देखिएको छ ।

महानगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्या चार जना भने वीरगञ्ज–११  र १३ नम्बर वडाका बासिन्दा हुन । बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालाले शनिवार मध्यरातमा  सार्वजनीक गरेको रिपोर्ट अनुसार पर्सामा १४ महिला सहित ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

रिपोर्ट अनुसार ५ वर्षकी बालिकादेखि ६२ वर्ष उमेर समूहका वृद्ध संक्रमित भएका छन्। पर्साका अन्य पालिकामा घर भए पनि भेटिएका सबै संक्रमित वीरगंजमै बसोबास गर्छन्।

४५ जनामा बारा, जितपुर सिमरा २३ रामपुरटोकनीमा सञ्चालनमा रहेको म्याग्नस फर्मास्युटिकल्स प्रालिका ५ जना मजदुर छन्।

ड्राइपोर्ट ठेगाना लेखाउने ५ जना पुरुष, वीरगंज ४ विर्ताका कन्ट्याक्ट् ट्रेसिङमा परेका १४ जना, वीरगंज ११ राधेमाइका १८ जना, वीरगंज १३ चिनी मिलका ४ जना, वीरगंज ३ छपकैया वडा न ४ भगवती टोल, वडा नं २२ मनियारी, ठोरी ३ निर्मलवस्ती, सखुवा प्रसौनीका १/१ गरी कूल ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जानकारी दिएको छ। संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।

वीरगंजमा थपिएका नयाँ संक्रमितमध्ये ७ जना शुल्क तिरेर परीक्षण गराएका थिए। अहिले वीरगंजमा संकलित नमुनाको २० प्रतिशत जनामा संक्रमण भेटिन थालेको छ।

Write your Comment