जितपुरसिमराका एक कर्मचारी सहि ४ जनामा कोरोना पुष्टि उपमहानगरपालिका सिल

२० श्रावण २०७७, मंगलवार १८:५६ प्रकाशित

बारा २० श्रावण :
जितपुरसिमरा उपमहानगरपालिकामा ४ जनामा कोरोना संक्रमण फेला परेको छ । किट जन्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा नगरपालिकाका एक जना स्वास्थ्य शाखाका कर्मचारी,सशस्त्र प्रहरी बलका दुइजना जवान र जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ का एकजना पुरुष गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपमहानगरपालिकाले श्रावण १८ गते ६६ जनाको नमुना संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएको थियो भने १६ गते १५० जनाको नमुना संकलन गरी बिरगंज प्रयोगशालामा पठाएकोमा बिरगंजको रीपोर्ट आउन बाँकि छ । स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना पुष्टि भएसँगै उपमहानगरपालिकाको कामकाज पूर्णरुपमा बन्द गरिएको आज एक सूचना प्रकाशित गरी निमित्त प्रशासकीय अधिकृत शिवजी साहले जानकारी गराउनु भएको छ ।

२० श्रावण २०७७, मंगलवार १८:५६  मा प्रकाशित

Write your Comment