सोमवार मृत्यु भएकी पर्साको पोखरीयाकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि

२१ श्रावण २०७७, बुधबार ११:१९ प्रकाशित

वीरगञ्ज २१श्रावण :
पर्सा जिल्लामा सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।
ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् ।

यो संगै कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ ।

२१ श्रावण २०७७, बुधबार ११:१९  मा प्रकाशित

Write your Comment