वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक ४६ बर्षिय पुरुषको मृत्यु

२१ श्रावण २०७७, बुधबार ११:५८ प्रकाशित

वीरगञ्ज २१ श्रावण :
कोरोना भाइरसको संक्रमणबाट बुधबार थप १ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
वीरगञ्जको गण्डक बहुअरी स्थित वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले पुष्टि गर्नूभयो

महुमेहका रोगीरहेका उनको श्रावन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएकाे र साउन १९ गते राती कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मङगलबार राति ९ बजे वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो । यो संगै पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

२१ श्रावण २०७७, बुधबार ११:५८  मा प्रकाशित

Write your Comment