नेकपा बिरगंजले गर्यो कोरोना संक्रमितहरुको शिध्र स्वास्थ्य लाभको कामना

२०७७ श्रावण २१, बुधबार प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिरगंज महानग कमिटीले एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसबाट मृत्युहुने प्रती श्रद्धाञ्जली अर्पण गर्दै कोरोना संक्रमण भएकाहरुकोको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बिज्ञप्तिमा यस्तो संकटको घडीमा सबै मिलेर अघि बढ्न आग्रह गरीएको छ । कमिटीका इञ्चार्ज दिनेश कुमार राई र सचिव विश्वम्बर कुमार शर्मा द्वारा संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरी कामनागरीएहो । महानगर कमिटीका अध्यक्ष रहबर अन्सारी संक्रमित भएको र उहाँ सहित प्रतिनिधिसभाका सदस्य प्रदिप यादब, महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी ,सञ्चार कर्मी क्रान्ति शाहसहित सम्पूर्ण संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरिएको छ ।
जारी गरीएको बिज्ञप्ति
विश्व महामारीको रुपमा फैलिएकाे काेराेना भाइरस काेभिड-१९ राेगले वीरगन्ज र आसपासका काेराेना संक्रमितहरुलाई उचित उपचार हाेस भनी मानवीय समवेदनशीलता देखाई आफुले सञ्चालन गरिरहेको गण्डक अस्पताल लाई ६ महिनाकाे लागि नारायणी अस्थायी काेभिड अस्पताल सञ्चालन गर्न सरकार लाई निशुल्क उपलब्ध गर्नु हुने नेकपा वीरगन्ज महानगर कमिटी अध्यक्ष कमरेड रहवर अन्सारी काेराेना संक्रमित भएकाेमा दुख लागेकाे छ ।
त्यसैगरी सांसद प्रदिप यादव, वीरगञ्ज महमनगर प्रमुख विजय सरावगी, पत्रकार क्रान्ति साह, केही राजनीतिककर्मी, कर्मचारी, समाजसेवी, व्यापारी-व्यावसायिक, पत्रकारहरु लगायतका काेराेना संक्रमितहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछाैं । यस काेराेना भाइरस बाट ज्यान गुमाउनु भएकहरु प्रति भावपुर्न श्रद्धाञ्जली अर्पण गर्दै, शाेकाकुल परिवारहरु प्रति समवेदना व्यक्त गर्दछाैं ।
साथै, याे काेराेना भाइरस मानव समुदायको अदृश्य शत्रु भएकाे हुंदा, सम्पुर्ण जनसमुदाय सचेत, भाैतिक दुरी कम्तीमा २ मीटर कायम गरि, स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार र सरकारकाे नीति निर्देशन वमाेजीम महानगरवासीमा सुरक्षित र सचेत रहनु हुन हार्दिक अनुराेध गर्दछाैं ।

Write your Comment