नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

२२ श्रावण २०७७, बिहीबार १३:३० प्रकाशित

काठमाडौं २२ श्रावण :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।प्रचण्ड सचिवालय स्रोतका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो

२२ श्रावण २०७७, बिहीबार १३:३०  मा प्रकाशित

Write your Comment