बितेको २४ घण्टामा ३६० जनामा संक्रमण पुष्टि

२२ श्रावण २०७७, बिहीबार १६:३७ प्रकाशित

बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।

२२ श्रावण २०७७, बिहीबार १६:३७  मा प्रकाशित

Write your Comment