कलैयाको आइशोलेसनमा बस्नेलाई अन्य रोगको चिन्ता

२६ श्रावण २०७७, सोमबार १०:०० प्रकाशित

बारा २६ श्रावण :
प्रदेश नम्बर २अन्तर्गत रहेको कलैया अस्पतालले गंगापुर शिक्षा तालिम केन्द्रमा सञ्चालन गरेको कोभिड -१९ आइसोलेशन वार्ड संक्रमित बस्न लायक नभएको भन्दै व्यापक आलोचना भएको छ । संक्रमितहरूले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै यस्तो आइशोलेसनमा बस्न नसकिने जनाएका छन् । संक्रमित राखिने कोठा, शौचालय अत्यन्तै फोहोर रहेको उनीहरुको गुनासो रहेको छ । जता ततै फोहोरको थुप्रोले थप रोगको संक्रमण फैलन सक्ने स्थानीयले बताएका छन् । हामी यहाँ बस्दा कोरोना भाइरस संक्रमणले नभइ अरु नै रोगको संक्रमणबाट मरीन्छ की भन्ने चिन्ता लागिरहेको छ आइशोलेसनमा रहेका जितपुर सिमराका एकजना संक्रमितले भने । कलैया अस्पतालका मेडिकल सुपरीटेण्ड डा.महेन्द्र मण्डल संग सम्पर्क गर्दा आगशोलेसनको सरसफाइ गरेर सेवा सुधार गरीएको जानकारी दिनुभयो ।

२६ श्रावण २०७७, सोमबार १०:००  मा प्रकाशित

Write your Comment