सिमराकोजगदम्बा स्टिलमा ११ जनामा कोरोना पुष्टि,उधोगलाइ सिल गर्न प्रशासन संग आग्रह

२७ श्रावण २०७७, मंगलवार १२:५९ प्रकाशित

बाराको सिमरामा रहेको जगदम्बा स्टीलका ११ जना कर्मचारी तथा मजदुरहरूमा कोरोना संक्रमण पुष्टी भएको छ । केहिदिन अघि १३५ जनाको नमुना संकलनगरी परीक्षणका लागि काठमाडौं पठाइएकोमा ११ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संकलित नमुना मध्ये केहिको रिपोर्ट आउन बाँकी रहेको सो उधोगको मजदुर संगठनले जनाएको छ ।
यसैबीच जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बाराका पमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितलाई संपर्क गरी उधोग लाइ सिल गर्न आग्रह गर्नुभएको छ जवाफमा प्रजिअ पण्डितले यस विषयमा छलफल भइरहेको जानकारी दिनुभएको थियो ।
यसैबीच संयोजक पौडेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिमरामा रहेको जगदम्बा स्टिलमा ११जनामा संक्रमण पुष्टि भएकोले त्यसबाट महामारी फैलने देखिएकोले तत्काल उद्योग सिल गर्न स्थानीय प्रशासनसँग माग गर्दछु , भन्नुभएको छ ।

२७ श्रावण २०७७, मंगलवार १२:५९  मा प्रकाशित

Write your Comment