थप ४८४ जनामा कोरोना संक्रमण

२०७७ श्रावण २८, बुधबार प्रकाशित

काठमाडौं २८ श्रावण :

बुधबार नेपालमा थप ४८४ जनामा  कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ ।

Write your Comment