जितपुरसिमरामा स्वास्थ्य शाखाका दुई जना प्रबिधिक सहित २० जनामा कोरोन पुष्टि

३० श्रावण २०७७, शुक्रबार ११:४७ प्रकाशित

जीतपुरसिमरा उपमहानगरपालिका भित्र २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये अधिकांश कन्ट्रयाक्ट टेर्सिगमा परेका छन् । संक्रमितमध्ये दुइ जना स्वास्थ्य शाखाका कर्मचारी रहेको सिमरा क्वारेन्टाइनका डा. दीपक गिरीले जानकारी दिनुभयो । संक्रमण देखा परेकाहरु यसअघि संक्रमित पुष्टिकाहरूको कन्ट्रयाक्ट टेसिगंमा परेको र उनीहरूको श्रावण २४ गते सिमरा क्यरेन्टाइनमा नमुना संकलन  गरी काठमाडौँ पठाइएकोमा आज रिपोर्ट आएको जितपुर सिमरा उपमहानगरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख जीतन ठाकुरले जानकारी दिनुभयो ।

३० श्रावण २०७७, शुक्रबार ११:४७  मा प्रकाशित

Write your Comment