बितेको २४ घण्टामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि

३० श्रावण २०७७, शुक्रबार १६:३५ प्रकाशित

बितेको २४ घण्टामा देशभर कोरोनाका ५ सय ९४ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म १७ हजार ७७ जना कोरोनाबाट निको भइ घर फर्किका छन्।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ छ। विगत २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ।
त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। विगत २४ घण्टामा गरिएको परीक्षणका क्रममा मृतक थप ४ जनामा कोरोना पुष्टि भएको हो।
पर्सा, रौतहट, महोत्तरी र काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या ५-५ सयभन्दा बढी छ।

३० श्रावण २०७७, शुक्रबार १६:३५  मा प्रकाशित

Write your Comment