कवाडबाट उत्पादन गरेको जगदम्बाको १६ एम एमको छड भाचिए पछि रुदै मिडियामा आए बालाजुका भट्टराई

२०७७ श्रावण ३१, शनिबार प्रकाशित

बाराको सिमरामा रहेको जगदम्बा स्टिलले उत्पादन गरेको छड मोडेर सिधा गर्ने क्रममा भाँचिएको भन्दै काठमाडौँ बालाजुका श्रीकृष्ण भट्टराईले दुखेसो गरेका छन्  । उनले १६ एम एमको छड भासचिएको देख्दा आफूले यसअघि घर निर्माणमा लगाएको छडका कारण घर नै कमजोर भएको हुनाले घर र जग्गाको मूल्याङ्कन गरेर उद्योगका प्रतिनिधिलाई किनिदिन आग्रह समेत गरेका थिए । तर उद्योगका प्रतिनिधिले सो प्रस्ताव ठाडै अस्वीकार गरेको भट्टराईले बताएका छन् । जगदम्बा स्टिलले  कवाड गलाएर छड उत्पादन गर्ने गरेकोले यस्तो खालको समस्या सधै आउने गरेको छ,सो उद्योगको छठको तत्काल गुणस्तर छानबिन गर्न समेत भट्टराईले माग गरेका छन् ।

Write your Comment