बारामा ६५ जनामा कोरोना पुष्टि

३२ श्रावण २०७७, आईतवार १२:४९ प्रकाशित

बारा ३२ श्रावण :
बाराको विभिन्न पालिकामा गरी६५ जना कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा जितपुरसिमरा उपमहानगरपालिकाका ३६ जना,महागढिमाई नगरपालिकाका १७ जना,करैयामाई गाउँ पालिकाका १०जना र कलैया उपमहानगरपालिकाका २ जना रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । सबैभन्दा बढी जितपुरसिमराका ३६ जना संक्रमित भएका छन । गत श्रावण २९गते विहिवारका दिन १०८ जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा ३६ जनाको संक्रमण पुष्टि भएको सिमरा क्वारेन्टाइनका डा दीपक गिरीले जानकारी दिनुभयो । कन्ट्रयाक्ट टेर्सिगमा परेका मध्ये बढी संक्रमित रहेको उहाले जानकारी दिनुभयो ।

३२ श्रावण २०७७, आईतवार १२:४९  मा प्रकाशित

Write your Comment