थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

३२ श्रावण २०७७, आईतवार १६:३१ प्रकाशित

काठमाडौं ३२ श्रावण :

पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा  ६४१ जनामा संक्रमण भेटिएको हो ।

यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

३२ श्रावण २०७७, आईतवार १६:३१  मा प्रकाशित

Write your Comment