नेकपाको कार्यदल सचिवालयबाट अनुमोदन

१ भाद्र २०७७, सोमबार १२:२३ प्रकाशित

काठमाडौं १ भाद्र :
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाइएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताए पछि सो अनुमोदन बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल,शंकर पोखरेल, सुरेन्द्र पाण्डे,जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन्

१ भाद्र २०७७, सोमबार १२:२३  मा प्रकाशित

Write your Comment