राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

२ भाद्र २०७७, मंगलवार १९:०७ प्रकाशित

काठमाडौं २ भाद्र :
राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएकाे छ । उहाँको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासपश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत रहनुभएको थियो ।
घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उहालाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।
घिमिरेको अन्त्येष्टि बुधबार गर्ने तयारी भएको छ ।

२ भाद्र २०७७, मंगलवार १९:०७  मा प्रकाशित

Write your Comment